ओस्कारमा ‘नोम्याडल्याण्ड’लाई तीन ठूला अवार्ड « Khabarhub

ओस्कारमा ‘नोम्याडल्याण्ड’लाई तीन ठूला अवार्ड


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– यो वर्षको ‘ओस्कार फिल्म एकेडेमी अवार्ड’मा फिल्म ‘नोम्याडल्याण्ड’ले तीन ठूला पुरस्कार जितेको छ । यो फिल्मले ‘बेस्ट फिल्म’, ‘बेस्ट डिरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको हो ।

बीबीसीका अनुसार फिल्मका लागि महिला निर्देशक क्लोइ चाओले ‘सर्वश्रेष्ठ निर्देशक’को अवार्ड जितिन् । ओस्कार अवार्डको ९३ वर्षको इतिहासमा यो अवार्ड जित्ने उनी दोस्रो महिला हुन् ।

‘म यो विश्वमा जहाँ जसलाई भेटेकी छु, उनीहरुमा राम्रो कुरा पाएकी छु । यो अवार्ड ती व्यक्तिहरुका लागि समर्पित छ, जो राम्रो मानिस बन्ने कुरामा विश्वास राख्छन् र यस्तो बन्ने साहस ती व्यक्तिहरुमा किन नै नहोस् । यो अवार्ड तपाईंहरु सबैका लागि हो–तपाईंहरु मलाई प्रेरणा दिइरहनुहोला’, निर्देशक चाओले भनिन् ।

‘नोम्याडल्याण्ड’का लागि अभिनेत्री फ्रान्सिस मेक्डारमेण्डले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितिन् ।

प्रख्यात अभिनेता एन्थी हपकिन्सले ‘बेस्ट एक्टर’को अवार्ड जिते। उनी यो पुरस्कार पाउने अहिलेसम्मकै बढी उमेरका अभिनेता हुन् । ८३ वर्षका ब्रिटिस अभिनेताले फिल्म ‘द फादर’का लागि यो अवार्ड जितेका हुन् ।

कोभिड महामारीका बीच विश्वकै सबैभन्दा प्रतिष्ठित फिल्म अवार्ड समारोह अमेरिकाको लसएञ्जल्सका दुई स्थान–डल्बी थिएटर र युनियन स्टेसनमा आयोजना गरिएको थियो । सन् २००१ देखि ओस्कार डल्बी थिएटरमा हुँदै आएको छ ।

साथै ब्रिटेनका कलाकारहरुका लागि लण्डनमा पनि एक स्थान निर्धारण गरिएको छ र पेरिसमा पनि एक हब बनाइएको छ । यो वर्ष कोरोना महामारीका बाबजुद पनि आयोजकले भर्चुअल आयोजना नगर्ने निर्णय लिएका थिए ।

यो वर्ष ‘बेस्ट फिल्म’का लागि ‘द फादर’, ‘जुडाज एण्ड ब्ल्याक मेसीहा’, ‘मेङ्क’, ‘मिनारी’, ‘नोम्याडल्याण्ड’, ‘प्रमिसिङ यङ वुमन’, ‘साउण्ड अफ मेटल’ र ‘द ट्रायल अफ शिकागो ७’ मनोनयन परेका थिए ।

‘बेस्ट एक्ट्रेस’का लागि ‘रेनीज ब्ल्याक बटम’बाट विओला डेविस, ‘यूनाइटेड स्टेट्स वर्सेस बिली होलीडे’बाट एन्ड्रा डे’, ‘पीस अफ वुमन’बाट वेनेसा किर्बी, ‘नोम्याडल्याण्ड’बाट फ्रान्सेस मेकडोरमेण्ड’ र ‘प्रमिसिङ वुमन’बाट क्यारी मिलिगन नोमिनेसनमा परेका थिए ।

‘बेस्ट एक्टर’का लागि ‘साउण्ड अफÞ मेटल’बाट रिज अहमद, ‘माँ रेनीज ब्ल्याक बटम’बाट चेडविक बोसमेन’, ‘द फादर’बाट ‘एन्थनी हपकिन्स’, ‘म्याक’बाट गेरी गोल्डमेन’ र ‘मिनारी’बाट स्टील येउन मनोनयनमा थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : ०९ बजे

सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

जानकी– अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौं– भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु