कोभिड संक्रमितलाई यसरी सहयोग गर्दैछ बलिउड « Khabarhub

कोभिड संक्रमितलाई यसरी सहयोग गर्दैछ बलिउड


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भनिन्छ, समस्या पर्दा जसले उसको साथी दिन्छ, ऊ नै वास्तविक हिरो हुन्छ । भारत यतिबेला कोरोनाको दोस्रो लहरको ठूलो मारमा परेको छ । यस्तो अवस्थामा बलिउडका केही कलाकारले सहयोग अभियान सुरु गरेका छन् ।

कोभिडको तिब्र महामारीले भारतका अस्पतालमा शैय्या र अक्सिजन सिलिण्डरको समेत अभाव भइरहँदा कलाकारहरुले मानिसमा चाँडो भन्दा चाँडो उपचार पुगोस् भनेर स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउन लागेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजनका ‘राम’का रुपमा परिचित अभिनेता गुरमीत चौधरी यो संकटको समयमा जनताको सहयोगका लागि अस्पतालको शैय्या अभावलाई पूर्ति गर्न लखनउ र पटना जस्ता शहरमा एक हजार अल्ट्रा एडभान्स अस्पताल बेड लगाउने योजना बनाइरहेका छन् ।

अभिनेता अक्षय कुमारले अघिल्लो पटक आफूले भ्याएसम्म हरसम्भव सहयोगको काम गरेका थिए । उनले यसपटक भने गौतम गम्भीर फाउण्डेनसलाई १ करोड रुपैंयाँ दिएका छन् ।

अभिनेता सलमान खानले आफ्नो फाउण्डेसन बिइङ ह्युमनमार्फत फ्रन्टलाइन कामदारहरुलाई खाना पुर्‍याउने काम गरेका छन् ।

अभिनेता कुणाल कपूरले सामाजिक सञ्जालमा चेतना फैलाउने काम सुरु गरेका छन् । उनले कोरोना कालमा अक्सिजन सिलिण्डर र औषधि पुर्‍याइरहेका केही संस्थाको बारे विस्तृत जानकारी सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अभिनेता सोनू सूदले स–साना गाउँमा कोभिड भ्याक्सिनलाई पुर्‍याएर त्यहाँ चेतना जगाइरहेका छन् ।

कोरोना संक्रमणमुक्त भएकी अभिनेत्री भूमि पेडनेकरले प्लाज्मा डोनेट गरेकी छन् । उनले संक्रमणमुक्त अन्य मानिसलाई पनि प्लाज्मा डोनेट गर्न अपिल गरेकी छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका