कोभिड संक्रमितलाई यसरी सहयोग गर्दैछ बलिउड « Khabarhub

कोभिड संक्रमितलाई यसरी सहयोग गर्दैछ बलिउड


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भनिन्छ, समस्या पर्दा जसले उसको साथी दिन्छ, ऊ नै वास्तविक हिरो हुन्छ । भारत यतिबेला कोरोनाको दोस्रो लहरको ठूलो मारमा परेको छ । यस्तो अवस्थामा बलिउडका केही कलाकारले सहयोग अभियान सुरु गरेका छन् ।

कोभिडको तिब्र महामारीले भारतका अस्पतालमा शैय्या र अक्सिजन सिलिण्डरको समेत अभाव भइरहँदा कलाकारहरुले मानिसमा चाँडो भन्दा चाँडो उपचार पुगोस् भनेर स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउन लागेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजनका ‘राम’का रुपमा परिचित अभिनेता गुरमीत चौधरी यो संकटको समयमा जनताको सहयोगका लागि अस्पतालको शैय्या अभावलाई पूर्ति गर्न लखनउ र पटना जस्ता शहरमा एक हजार अल्ट्रा एडभान्स अस्पताल बेड लगाउने योजना बनाइरहेका छन् ।

अभिनेता अक्षय कुमारले अघिल्लो पटक आफूले भ्याएसम्म हरसम्भव सहयोगको काम गरेका थिए । उनले यसपटक भने गौतम गम्भीर फाउण्डेनसलाई १ करोड रुपैंयाँ दिएका छन् ।

अभिनेता सलमान खानले आफ्नो फाउण्डेसन बिइङ ह्युमनमार्फत फ्रन्टलाइन कामदारहरुलाई खाना पुर्‍याउने काम गरेका छन् ।

अभिनेता कुणाल कपूरले सामाजिक सञ्जालमा चेतना फैलाउने काम सुरु गरेका छन् । उनले कोरोना कालमा अक्सिजन सिलिण्डर र औषधि पुर्‍याइरहेका केही संस्थाको बारे विस्तृत जानकारी सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अभिनेता सोनू सूदले स–साना गाउँमा कोभिड भ्याक्सिनलाई पुर्‍याएर त्यहाँ चेतना जगाइरहेका छन् ।

कोरोना संक्रमणमुक्त भएकी अभिनेत्री भूमि पेडनेकरले प्लाज्मा डोनेट गरेकी छन् । उनले संक्रमणमुक्त अन्य मानिसलाई पनि प्लाज्मा डोनेट गर्न अपिल गरेकी छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा