ओस्कारमा जेण्डायाले लगाइन ६ मिलियन डलरको गहना « Khabarhub

ओस्कारमा जेण्डायाले लगाइन ६ मिलियन डलरको गहना


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– विश्वप्रतिष्ठि ‘ओस्कार अवार्ड २०२१’ गए राती अमेरिकामा सम्पन्न भएको छ । जसमा कैयौ ठूला स्टारको सहभागिता थियो । यो अवार्डमा मनोनयनमा परेका कलाकार र आमन्त्रित पाहुनाबाहेक अवार्ड प्रदानकर्ताको सुन्दरता अलग अलग देखियो ।

आजतकमा प्रकाशित समाचारअनुसार यसपटकको अवार्ड समारोहमा ‘स्पाइडर–मेन’ अभिनेत्री जेण्डायाको लुक्सले सबैको ध्यान तान्यो ।

जेण्डाया अवार्डमा पहेलो रंगको सुन्दर भ्यालेन्टिनो गाउन लगाएर पुगेकी थिइन् । उनको यो बेली–बारिङ मिडरिफ गाउन निकै आकर्षक थियो । उनले गाउनसँगै १ सय ८२ क्यारेटको बुल्गारी हिरा लगाएकी थिइन् ।

यी हिराहरु उनको औंला, कान र घाँटीको नेक्लेसमा देखिएको थियो । यी गहनाको मूल्य ६ मिलियन डलर पर्दछ । यो मूल्यमा ब्रुचदेखि लिएर टेसल कलर नेकलेस, ३० क्यारेटको पहेलो हिराको हार, बडी एमरल्ड डायमण्ड रिंग र पेयर कट डायमण्ड एयरिङ सबै पर्छ ।

वोग पत्रिकाका अनुसार यो कस्टम मेड ड्रेसमा रेकर्ड ब्रेकिङ स्वरोभ्सकी क्रिस्टल लगाइएको थियो । रेजिना किङको यो पहिरन बनाउन ६२ हजार सिक्विन, ३९ सय स्पार्कलिङ स्टोन, ४५ सय डार्कर कलर स्टोन र ८० मिटर चेनको प्रयोग गरिएको थियो ।

जेण्डियाका अलावा अभिनेत्री तथा निर्देशक रेजिना किङको पहिरन पनि निकै चर्चामा आयो । उनले अवार्डका लागि लुइस भुइटनको पहिरन छनोट गरेकी थिइन् ।

यो सुन्दर गाउन बनाउनका लागि १ सय ४० घण्टाको समय लागेको थियो । उनको स्टाइलिष्टका अनुसार यो गाउनका लागि गत जनवरीबाट काम सुरु गरिएको थियो । उनको यो गाउनलाई लुइस भुइटनका क्रिएटिभ डिरेक्टर निकोलस जेसक्वाइरीले बनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको