ओस्कारमा जेण्डायाले लगाइन ६ मिलियन डलरको गहना « Khabarhub

ओस्कारमा जेण्डायाले लगाइन ६ मिलियन डलरको गहना


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– विश्वप्रतिष्ठि ‘ओस्कार अवार्ड २०२१’ गए राती अमेरिकामा सम्पन्न भएको छ । जसमा कैयौ ठूला स्टारको सहभागिता थियो । यो अवार्डमा मनोनयनमा परेका कलाकार र आमन्त्रित पाहुनाबाहेक अवार्ड प्रदानकर्ताको सुन्दरता अलग अलग देखियो ।

आजतकमा प्रकाशित समाचारअनुसार यसपटकको अवार्ड समारोहमा ‘स्पाइडर–मेन’ अभिनेत्री जेण्डायाको लुक्सले सबैको ध्यान तान्यो ।

जेण्डाया अवार्डमा पहेलो रंगको सुन्दर भ्यालेन्टिनो गाउन लगाएर पुगेकी थिइन् । उनको यो बेली–बारिङ मिडरिफ गाउन निकै आकर्षक थियो । उनले गाउनसँगै १ सय ८२ क्यारेटको बुल्गारी हिरा लगाएकी थिइन् ।

यी हिराहरु उनको औंला, कान र घाँटीको नेक्लेसमा देखिएको थियो । यी गहनाको मूल्य ६ मिलियन डलर पर्दछ । यो मूल्यमा ब्रुचदेखि लिएर टेसल कलर नेकलेस, ३० क्यारेटको पहेलो हिराको हार, बडी एमरल्ड डायमण्ड रिंग र पेयर कट डायमण्ड एयरिङ सबै पर्छ ।

वोग पत्रिकाका अनुसार यो कस्टम मेड ड्रेसमा रेकर्ड ब्रेकिङ स्वरोभ्सकी क्रिस्टल लगाइएको थियो । रेजिना किङको यो पहिरन बनाउन ६२ हजार सिक्विन, ३९ सय स्पार्कलिङ स्टोन, ४५ सय डार्कर कलर स्टोन र ८० मिटर चेनको प्रयोग गरिएको थियो ।

जेण्डियाका अलावा अभिनेत्री तथा निर्देशक रेजिना किङको पहिरन पनि निकै चर्चामा आयो । उनले अवार्डका लागि लुइस भुइटनको पहिरन छनोट गरेकी थिइन् ।

यो सुन्दर गाउन बनाउनका लागि १ सय ४० घण्टाको समय लागेको थियो । उनको स्टाइलिष्टका अनुसार यो गाउनका लागि गत जनवरीबाट काम सुरु गरिएको थियो । उनको यो गाउनलाई लुइस भुइटनका क्रिएटिभ डिरेक्टर निकोलस जेसक्वाइरीले बनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा