आज शेयर बजार नेप्से ६५.५८ अंकले घट्यो « Khabarhub

आज शेयर बजार नेप्से ६५.५८ अंकले घट्यो


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । आइतबार पनि उच्च अंकले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर रु छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई रु ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड २९ लाख ८१ हजार ७४०, नेपाल पुनर्बीमा कम्पनी रु २० करोड २४ लाख २१ हजार ६२३, नबिल बैंक रु १९ करोड ५३ लाख ३५ हजार २९०, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १७ करोड ७४ लाख ८० हजार ७९३, नागरिक लगानी कोष रु १६ करोड ९५ लाख ८९ हजार ९४०, एनआइसी एसिया बैंक रु १६ करोड ३२ लाख ३५ हजार २९७, प्रभु बैंक रु १५ करोड १२ लाख १४ हजार ७५६ र एचआइडिसिएलको रु १५ करोड पाँच लाख १६ हजार ८३४ बराबरको भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा उच्च अंकको गिरावट आउँदासमेत आज विशाल बजार कम्पनीको शेयरमा ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था ९.९७, माछापुच्छ्रे« बैंकको ऋणपत्र पाँच, गुडविल फाइनान्स ३.७९, एसबिएल ऋणपत्रका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तैगरी, रिलायन्स फाइनान्स ८.०६, छ्याङदी हाइड्रोपावर ७.५६, सिन्धु विकास बैंक ७.२७, युनाइटेड इदीमर्दी हाइड्रोपावर ६.६७, नेशनल हाइड्रोपावर ६.४१, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.४०, नेपाल हाइड्रो डेभलपर ६.२७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ६.१९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ४६ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा