रोनाल्डो भन्छन् : युभेन्टसमा मैले तय गरेको लक्ष्य पूरा भयो « Khabarhub

रोनाल्डो भन्छन् : युभेन्टसमा मैले तय गरेको लक्ष्य पूरा भयो


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य आफूले पूरा गरेको बताएका छन् । भविष्यलाई लिएर अन्यौल कायम रहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् ।

पोर्चुगलका कप्तान ३६ वर्षे रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस आएका थिए । युभेन्टससँगको उनको सम्झौता अझै एक वर्ष बाँकी छ ।

रोनाल्डोले युभेन्टसबाट दुईपटक सिरी ए, एकपटक कोपा इटालिया र दुईपटक इटालियन सुपर कप जितेका छन् । सन् २०११ यता पहिलोपटक युभेन्टसले यो सिजन लिग उपाधि जित्न सकेन । रोनाल्डोले भनेका छन्, ‘हामीले यो सिजन सामूहिक र व्यक्तिगत रुपमा जे प्राप्त गर्ने सक्यौँ–सकेँ, त्यसको मैले सम्मान गर्नै पर्छ ।’

तीन वर्षको अवधिमा रोनाल्डोले दुईपटक सिरी ए वर्ष खेलाडीको अवार्ड पाए । यस्तै हालै सकिएको सिजनमा उनी लिगको सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले युभेन्टसका लागि १०० गोलको आँकडा पार गरेका छन् । यस्तै उनले रियल मड्रिडबाट ४५० तथा म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ५६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष