रोनाल्डो भन्छन् : युभेन्टसमा मैले तय गरेको लक्ष्य पूरा भयो « Khabarhub

रोनाल्डो भन्छन् : युभेन्टसमा मैले तय गरेको लक्ष्य पूरा भयो


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य आफूले पूरा गरेको बताएका छन् । भविष्यलाई लिएर अन्यौल कायम रहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् ।

पोर्चुगलका कप्तान ३६ वर्षे रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस आएका थिए । युभेन्टससँगको उनको सम्झौता अझै एक वर्ष बाँकी छ ।

रोनाल्डोले युभेन्टसबाट दुईपटक सिरी ए, एकपटक कोपा इटालिया र दुईपटक इटालियन सुपर कप जितेका छन् । सन् २०११ यता पहिलोपटक युभेन्टसले यो सिजन लिग उपाधि जित्न सकेन । रोनाल्डोले भनेका छन्, ‘हामीले यो सिजन सामूहिक र व्यक्तिगत रुपमा जे प्राप्त गर्ने सक्यौँ–सकेँ, त्यसको मैले सम्मान गर्नै पर्छ ।’

तीन वर्षको अवधिमा रोनाल्डोले दुईपटक सिरी ए वर्ष खेलाडीको अवार्ड पाए । यस्तै हालै सकिएको सिजनमा उनी लिगको सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले युभेन्टसका लागि १०० गोलको आँकडा पार गरेका छन् । यस्तै उनले रियल मड्रिडबाट ४५० तथा म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ५६ बजे

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको