भारतबाट सिंगापुर जाँदै गरेको पानीजहाजमा भीषण आगलागी, चालक दलको उद्धार | Khabarhub Khabarhub

भारतबाट सिंगापुर जाँदै गरेको पानीजहाजमा भीषण आगलागी, चालक दलको उद्धार


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतबाट सिंगापुर जाँदै गरेको एउटा पानीजहाजमा भीषण आगलागी भएको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको ‘एमभी एक्स-प्रेस पर्ल’ मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो । त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् ।

आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ ।

श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्डस् र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : १४ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको