उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ – गौतम बुद्ध | Khabarhub Khabarhub

उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ – गौतम बुद्ध


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् ।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । उनको नाम सिद्धार्थ गौतम थियो । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् ।

आज हामीले शान्तीका दूत भगवान गौतम बुद्धका केही प्रेरक भनाइहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि जीवन उपयोगी बन्न सक्छ ।

– शान्ति आफैँभित्र हुन्छ, यसलाई बाहिर नखोज ।
– आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।
– यदि आफैँलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौँ ।
– हामी जे सोच्दछौँ उही बन्दछौ ।
– उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
– त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।
– बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
– लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
– यदि विद्यार्थी तयार छ भने शिक्षक स्वत उपस्थित हुन्छ ।
– हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौँ ।
– हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
– हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
– हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
– मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।
– हजारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
– आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
– धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
– जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : १० बजे

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का