‘आदिपुरुष’मा सैफको दस शिर « Khabarhub

‘आदिपुरुष’मा सैफको दस शिर


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सैफ अली खान फिल्म ‘आदिपुरुष’लाई लिएर यतिबेला चर्चामा छन् । यो फिल्ममा उनी रावण चरित्रमा देखिँदैछन् । आफ्नो भूमिकालाई लिएर उनी निकै उत्साहित छन् । हालैको एक अन्तरवार्तामा उनले फिल्मको चरित्रका बारे खुलेर कुरा गरेका छन् ।

दैनिक जागरणका अनुसार फिल्म कम्पेनियनलाई दिएको अन्तरवार्तामा आफ्नो चरित्रको विविध पक्षबारे उनले बोलेका छन् ।

‘निर्देशक ओम राउतले मलाई मभन्दा ठूलो योजना बनाएका छन् । यसमा केही कुरा मिश्रित छन् । तर अधिकांश कुरा वास्तविकतामा आधारित हुनेछन् । उनी हामी तालिम लिएर भूमिकाका लागि कठोर देखियोस् भन्ने चाहन्छन्’, सैफले भनेका छन्, ‘रावण हाम्रो देशका लागि दानव हो, तर उनी एक बलवान राजा पनि हुन् भन्ने कुरा बिर्सनु हुन्नँ ।’

उनले आफूलाई रावण चरित्रमा ढाल्नका लागि पटक पटक सोच्ने गरेको खुलाए । उनले आफूमा रावणमा देखिने चरित्र के हो भन्ने कुरा सोचिरहँदा रावणमा रहेको घमण्ड र अहंकार सम्झिएपछि त्यसमा आफूलाई ढाल्न सजिलो भएको बताए ।

‘उनी सफलताका लागि प्रार्थना गर्छन । आफूले चाहेको राज्य लिन्छन् । उनी एक राक्षस हुन्, जसको एक नभई दशवटा शिर छ । यो मामलामा यो भूमिका निकै मजबुत र पर्दामा अभिनय गर्नका लागि पनि मजेदार छ । म पनि फिल्ममा १० शिरवाला दानव बन्दैछु । त्यसका लागि उत्साहित छु । कहानीको निचोड राक्षसलाई भगाउनु नै हो’, उनले भनेका छन् ।

फिल्म भूषण कुमारको टी सिरिज कम्पनीले निर्माण गर्दैछ । फिल्ममा प्रभास र कृति सेननको पनि अभिनय रहनेछ । उनीहरु राम र सीताको चरित्रमा देखिँदैछन् भने सनी सिंह लक्ष्मणको भूमिकामा देखिनेछन् ।

‘रामायण’ महाकाव्यमा आधारित फिल्मको रिलिज मिति यसै वर्षको अगष्ट ११ तोकिएको छ । फिल्मको सुटिङ गत फेब्रुअरीबाट सुरु भइसकेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : १९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको