चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण « Khabarhub

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ ।

नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन् । उनी अहिले होमआइसोलेशनमा छन् ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् ।

तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको छ ।

यसबाहेक सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : ५५ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि