कोरोना संक्रमणको दोस्रो लहरबाट विदेशमा ४१ नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणको दोस्रो लहरबाट विदेशमा ४१ नेपालीको मृत्यु


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमणको दोस्रो लहरका कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कतारमा ८, भारतमा २९, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ तथा पोर्चुगलमा १ जना नेपालीको संक्रमणका कारणले ज्यान गएको जनाएको छ ।

अहिलेसम्म भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपालीले कोरोना जितेका छन् ।

यसैगरी, संघले (एनआरएनए) आफ्नो विश्वव्यापी सञ्जाल मार्फत “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान सञ्चालन गरी आर्थिक तथा स्वास्थ्य सामग्री नेपाल पठाउने क्रम जारी छ ।

यही अभियानमार्फत ओमानबाट ५६० अक्सिजन सिलिण्डर  र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकिएको छ ।

यस्तै चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्‍याउन पहल भइरहेको जनाएको छ ।

हवाई उडान सहजीकरणको लागि आग्रह

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघका राष्ट्रिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ ।

जसका कारण विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका छन् ।

संघ लेनेपाल सरकार समक्ष अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह गरिएको संघका प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेशबाट नेपाल फर्कदा सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन समेत यो संघ सरकारसँग अनुरोध गरेको छ ।

यसका साथै, यात्रा सम्बन्धी सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न समेत संघ सम्पूर्ण  गैरआवासीय नेपालीलाई आग्रह गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : ५५ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको