पुत्रशोक बिर्सन संक्रमितको सेवामा अनुराधा « Khabarhub

पुत्रशोक बिर्सन संक्रमितको सेवामा अनुराधा


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडकी पार्श्व गायिका अनुराधा पौडवाल कोरोना कालमा संक्रमितलाई गरेको सहयोगका कारण चर्चामा छिन् । उनी आफ्नो अधिकांश समय च्यारिटीमा बिताइरहेकी छन् । उनी कोरोना संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटर उपलब्ध गराइरहेकी छन् ।

दैनिक भास्करका अनुसार अनुराधाले यो काम छोरा आदित्यको मृत्युपछि सुरु गरेकी हुन् । आदित्यको गत वर्ष मृगौलाको खराबीका कारण ३५ वर्षको उमेरमा निधन भएको थियो । अहिले छोराको नामबाट उनले च्यारिटी सुरु गरेर सर्वसाधारणको सहयोगमा व्यस्त छिन् ।

‘मैले यूपीको दुई शहरमा अस्पतालमा अक्सिजन कन्स्ट्रेटर र भेन्टिलेर पुर्‍याएकी छु । मानिसहरु मरिरहेका छन् । यो कुरा अखबारमा पढ्दा पीडा हुन्छ । त्यहीकारण बढी भन्दा बढी सहयोग गरिरहेकी छु । मेरो सूर्योदय नामको फाउण्डेसन छ, जसका माध्यमबाट हामी १० स्कुलहरु र गाउँमा वाटर कन्जरभेसनमा लगातार काम गरिरहेका छौं’, उनले भनेकी छन् ।

आमाको जस्तै आदित्य पनि भजन गायक थिए । उनी आफैं संगीत कम्पोज गर्थे । फेसबुकमा उनले आफ्नो स्वरका कैयौं रेकर्ड गरिएका भजन शेयर गरेका थिए ।

आदित्यको नाम भारतको सबैभन्दा कम उमेरका संगीतकारको रुपमा लिम्का बुक अफ रेकर्डमा दर्ता छ ।

पद्मश्री र नेशनल अवार्डबाट सम्मानित अनुराधाले करिब चार दशकसम्म बलिउडमा गीत र भजन गाए । उनको विवाह अरुण पौडवालसँग भएको थियो ।

अरुण संगीतकार एसडी बर्मनको सहायक थिए । सन् ९० को दशकमा अनुराधा आफ्नो करियरको शिखरमा थिइन् । त्यही समय उनको पति अरुणको एक दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ५ : २० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी