सुदूरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर संक्रमित  | Khabarhub Khabarhub

सुदूरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर संक्रमित 


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन् ।

निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले केही दिनयता सङ्क्रमण दर घट्दै गइरहेको भएपनि स्वास्थ्य सर्तकता अपनाउन जरुरी रहेको बताए ।

“सङ्क्रमणदर घट्दै गएपनि हामीले स्वास्थ्य सर्तकता अप्नाउन छाडे पुनः महामारीको रुप लिन सक्छ”, उनले भने, “यो आफू पनि बाच्ने र अरुलाई पनि बचाउनुपर्ने बेला हो ।”

उनले केन्द्र र प्रदेश सरकारको पहलमा कोरोना परीक्षण दायरा बढाउन एन्टिजेन किट खरिदको पहल भइरहेको बताए ।

“ प्रदेश सरकारले २० हजार किट खरिद प्रक्रिया अघि बढाएको छ”, उनले भने, “ केन्द्रबाट पनि सुदूरपश्चिमलाई आवश्यक किट पठाउने तयारी गरेको खबर छ ।” उनले प्रदेश सरकारले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनटट्रेर सबै पालिकासम्म पुर्‍याउने तयारी गरिरहेको बताए ।

त्यसैगरी सुदूरपश्चिममा मङ्गलबारसम्म ३९ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दासम्म ५ हजार ७९२ जना पोजेटिभ देखिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

पिसिआर परीक्षणबाट पोजेटिभ देखिएकामध्ये दश हजार भन्दा बढी यहाँ सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ १९ हजार ९८२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने सङ्क्रमणबाट हालसम्म २५५ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिममा नौ वर्ष मूनिका एक हजार ४९ जना बालबालिकामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । २५ लाख भन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्य उपकरणको अवस्था भने अझै नाजुक रहेको छ ।

सुदूरपश्चिममा हालसम्म ३४ वटा मात्रै भेन्टिलेटर सहितको सघन स्वास्थ्य सुविधा रहेको छ । प्रादेशिक अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थासम्म गरी यहाँ ६३ आइसियु शय्या र १५४ एचडियु शय्या रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यहाँ हालसम्म १ लाख ७५ हजार सात सयको पिसिआर विधिबाट कोरोना परीक्षण हुँदा ३ हजार नौ सय ७८ जना सङ्क्रमित देखिएका छन् । कोरोना सङ्क्रमणबाट मङ्गलबार सुदूरपश्चिममा कैलालीमा पाँचसहित नौ जनाको मृत्यु भएको थियो ।

कञ्चनपुर र कैलालीसहित यहाँ भारतसित आवागमन हुने पाँच वटा नाकाबाट पछिल्लो समय दैनिक तीन देखि पाँच सय नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ४५ बजे

सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमालेबीच भएको सहमतिका

बजेट अधिवेशनको पहिलो बैठकमा सबै शीर्ष नेताहरूको सम्बोधन

काठमाडौं- यही वैशाख १२ गते बस्ने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो

काठमाडौं महानगरमा चैतसम्म ७ अर्ब २१ करोड राजस्व संकलन 

काठमाडौं– काठमाडौं महानगरपालिकाले २०८२ वैशाख ७ गतेसम्ममा ७ अर्ब २१

निर्देशक वसन्तलाई प्रश्न : ‘दशमी’ कि ‘पाँच पाण्डव’को छायाङ्कन पहिला ?

काठमाडौं – गत दशैँमा निर्देशक वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’

माओवादीले भन्यो- कांग्रेस-एमाले गठबन्धनले औचित्य पुष्टि गर्न सकेन, तत्काल सरकार छाडे हुन्छ

काठमाडौं- नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन