खोप किन्न पाँचखाल नगरपालिकाले माग्यो स्वीकृति « Khabarhub

खोप किन्न पाँचखाल नगरपालिकाले माग्यो स्वीकृति


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।

नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए ।

नगरस्थित कोभिड व्यवस्थापन समिमिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो । नगरप्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ ।

खोप खरीदका लागि प्रतिडोज नेपाली रुपैयाँमा दर निर्धारणको मागसमेत पत्रमा गरिएको छ । नगरमा १८ वर्ष माथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्ने छ ।

उनले भने, “नागरिककलाई बचाउन विकास बजेट काटेर भएपनि जसरीनै खोप किन्नैपर्ने आवश्यकता भैसक्यो । मन्त्रालयसँग यसबारे फलोअप पनि भइरहेको छ ।”

पाँचखालमा कोभिडविरुद्धका ‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मी तथा कर्मचारीले भने दुवै चरणका खोप लगाइसकेका छन् । पाँचखालमा कोरोनाको दोस्रो लहर शुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित रहेका छन् ।

नगरप्रमुख खरेलले नगरका कोरोना सङ्क्रमित अति विपन्न नागरिकलाई उपचार खर्चवापत हालैमात्र रु दश हजार घोषणा गरेका छन् भने आफ्नो नीजि गाडीसहित नगरका अन्य तीन गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सहमति दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी