कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन « Khabarhub

कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।

मन्त्री नेपालीले आज भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भनिन्, “प्राकृतिक विपदबाट कर्णाली प्रदेशमा वर्षेनी लाखौँको क्षति हुने गरेकाले यसको प्रतिकार्यका लागि जिल्लादेखि वडातहसम्म कार्ययोजना लग्नुहोस् ।”

प्रदेश सरकारले विपदबाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रणाली लागू गर्न लागेको जानकारी दिँदै मन्त्री नेपालीले त्यसको प्रभावकारी व्यवस्थापनका निम्ति प्रमुख जिल्ला अधिकारीहरुको भूमिका र सहयोग महत्वपूर्ण हुने बताइन् । उनकाअनुसार मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, जनचेतना जगाउने कार्यलाई तीव्र बनाएर लैजाने तयारी गरिएको छ ।

उनले तेस्रो भेरियन्ट आउने सक्ने जिल्लामा बलियो तयारी र सहज अक्सिजन आपूर्तिको वातावरण मिलाउन प्रजिअहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा दशवटै जिल्लाका प्रजिअले कोरोना नियन्त्रण र विपद् व्यवस्थापन भइरहेका गतिविधिबारे र त्यसक्रममा देखिएको चुनौतीबारे जानकारी गराएका थिए ।

विपद्को पूर्वतयारीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य भएको र सेवा प्रणालीलाई चुस्त बनाउन तथा सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्न उनीहरुको सामूहिक आग्रह थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ३० बजे

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध