एक ट्वीटका कारण अभिनेत्री जोयाले तोडिन् इन्गेजमेन्ट | Khabarhub Khabarhub

एक ट्वीटका कारण अभिनेत्री जोयाले तोडिन् इन्गेजमेन्ट


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानी अभिनेत्री जोया नासिरले आफ्नो धर्मका लागि अडान लिँदै आफ्ना हुनेवाला बेहुला क्रिश्चियन बेटजमेनसँगको इन्गेजमेन्ट तोडेकी छन् ।

क्रिश्चियनले सामाजिक सञ्जालमा इजरायल र प्यालेस्टाइनको विवादका विषयमा आफ्नो धारणा राख्दै मजाकमा पाकिस्तानलाई ‘तेस्रो विश्वको देश’ भनेपछि जोयाले यो निर्णय लिएकी हुन् ।

आजतकका अनुसार क्रिश्चियन एक जर्मन ब्लगर हुन् । उनको पोस्टले सामाजिक सञ्जालमा निकै चर्चा पाउँछ । उनले यो समयमा प्रार्थना गरेर केही नपाउने भन्दै प्यालेस्टाइनको पक्षमा आवाज उठाइरहेको पाकिस्तानका बारेमा लेखेपछि जोया रिसाएकी हुन् ।

‘दोस्रो देशका लागि दुःख पोख्ने काम बन्द गर्नुहोस् । जबकी तपाईंहरु आफ्नै देशलाई बर्बाद गरिरहनुभएको छ । आफ्नै समाज र मानिसलाई मद्धत गर्नुभएको छैन’, उनले लेखेका छन् ।

जोयाले हालैमात्र क्रिश्चियनसँग सँगै नरहेको लेखेकी थिइन् । ‘क्रिश्चियनले मेरो देश, मेरा जनताका लागि अचानक अडान फेरेका छन् । मेरो धर्ममाथि जुन असंवेदनशिलता उनले देखाएका छन्, त्यसले मलाई यो गम्भीर निर्णय लिन बाध्य बनाएको हो’, उनले ट्वीटेकी छन् ।

‘केही धार्मिक र सामाजिक सीमा हुन्छन्, जसलाई पार गर्न सकिँदैन । त्यसकारण मैले अलग्गिने निर्णय लिएँ । विनम्रता, सहिष्णुता र एकअर्काका प्रति सम्मान एउटा यस्तो गुण हो, जसलाई जहिल्यै पालन गर्नुपर्छ’, उनले लेखेकी छन् ।

यता क्रिश्चियनले भने आफ्नो भनाईलाई तोडमोड गरिएको दाबी गरेका छन् । उनले आफूले राम्रो पाकिस्तान हेर्न चाहेकोले पाकिस्तानको आलोचना गरेको जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : २० बजे

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम