एक ट्वीटका कारण अभिनेत्री जोयाले तोडिन् इन्गेजमेन्ट « Khabarhub

एक ट्वीटका कारण अभिनेत्री जोयाले तोडिन् इन्गेजमेन्ट


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानी अभिनेत्री जोया नासिरले आफ्नो धर्मका लागि अडान लिँदै आफ्ना हुनेवाला बेहुला क्रिश्चियन बेटजमेनसँगको इन्गेजमेन्ट तोडेकी छन् ।

क्रिश्चियनले सामाजिक सञ्जालमा इजरायल र प्यालेस्टाइनको विवादका विषयमा आफ्नो धारणा राख्दै मजाकमा पाकिस्तानलाई ‘तेस्रो विश्वको देश’ भनेपछि जोयाले यो निर्णय लिएकी हुन् ।

आजतकका अनुसार क्रिश्चियन एक जर्मन ब्लगर हुन् । उनको पोस्टले सामाजिक सञ्जालमा निकै चर्चा पाउँछ । उनले यो समयमा प्रार्थना गरेर केही नपाउने भन्दै प्यालेस्टाइनको पक्षमा आवाज उठाइरहेको पाकिस्तानका बारेमा लेखेपछि जोया रिसाएकी हुन् ।

‘दोस्रो देशका लागि दुःख पोख्ने काम बन्द गर्नुहोस् । जबकी तपाईंहरु आफ्नै देशलाई बर्बाद गरिरहनुभएको छ । आफ्नै समाज र मानिसलाई मद्धत गर्नुभएको छैन’, उनले लेखेका छन् ।

जोयाले हालैमात्र क्रिश्चियनसँग सँगै नरहेको लेखेकी थिइन् । ‘क्रिश्चियनले मेरो देश, मेरा जनताका लागि अचानक अडान फेरेका छन् । मेरो धर्ममाथि जुन असंवेदनशिलता उनले देखाएका छन्, त्यसले मलाई यो गम्भीर निर्णय लिन बाध्य बनाएको हो’, उनले ट्वीटेकी छन् ।

‘केही धार्मिक र सामाजिक सीमा हुन्छन्, जसलाई पार गर्न सकिँदैन । त्यसकारण मैले अलग्गिने निर्णय लिएँ । विनम्रता, सहिष्णुता र एकअर्काका प्रति सम्मान एउटा यस्तो गुण हो, जसलाई जहिल्यै पालन गर्नुपर्छ’, उनले लेखेकी छन् ।

यता क्रिश्चियनले भने आफ्नो भनाईलाई तोडमोड गरिएको दाबी गरेका छन् । उनले आफूले राम्रो पाकिस्तान हेर्न चाहेकोले पाकिस्तानको आलोचना गरेको जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : २० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको