संक्रमितभन्दा निको हुनेको संख्या बढ्दो « Khabarhub

संक्रमितभन्दा निको हुनेको संख्या बढ्दो


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज सङ्क्रमितभन्दा निको हुनेको संख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभरमा संक्रिय सङ्क्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको संख्या छ हजार ८४५ पुगेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ५२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब