गण्डकीमा १ हजार ७९ जना संक्रमित थपिए, मृत्युदर घट्यो « Khabarhub

गण्डकीमा १ हजार ७९ जना संक्रमित थपिए, मृत्युदर घट्यो


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाभित्र गण्डकी प्रदेशका विभिन्न ल्यावहरुमा पीसीआर तथा एण्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७९ जना संक्रमित थपिएका हुन् ।

बुधबार सबै भन्दा बढी कास्की जिल्लामा ३ सय ७० जना संक्रमित थपिएका छन् ।

यस्तै, गोरखामा २१८, तनहुँमा १६६, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ११८, पर्वतमा ६५, स्याङजामा ५०, म्याग्दीमा ३६, बाग्लुङ्मा ११, मुस्ताङ्मा ८ र मनाङमा १ जना संक्रमित थपिएका छन् । योससहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार ९ सय ५४ पुगेको छ ।

मृत्युदर घट्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर भने बुधबार ह्वात्तै घटेको छ । बुधबार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुधबार कास्कीमा ४, स्याङजा २ र लमजुङ १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिका भित्रका ३ जना पुरुष र माछापुछ्रे गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी, स्याङजाको वालिङ– ९का ४८ वर्षीय पुरुष, वालिङ–८ का ६० वर्षीय पुरुष र लमजुङको मध्येनेपाल नगरपालिका–४ की ८५ वर्षीय महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

गण्डकीमा मंगलबारको अध्यावधिक विवरणमा १९ जना संक्रमितको मृत्यु भएको उल्लेख थियो । बुधबार मृत्यु पुष्टि भएकासहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७७ पुगेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ०४ बजे

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध