नाट्यकर्मीहरुलाई खोपको माग « Khabarhub

नाट्यकर्मीहरुलाई खोपको माग


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालभरिको नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीहरुका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र रिमालका अनुसार स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक रहेकोले विश्वव्यापी महामारीका रुपमा आएको कोभिडको विरुद्ध लगाईने खोप नेपाली नाट्यकर्मीहरुलाई पनि प्राथमिकताका साथ उपलब्ध गराईदिन जोडदार माग गरिएको हो ।

महासंघले नेपाली नाट्यकर्मीहरुले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आईरहेको र अहिले कोभिड प्रभावित क्षेत्रमा अक्सिजन सिलिन्डर, मास्क, पिपिई, स्यानिटाईजर लगायत खाद्यान्न समेत स्वतस्फूर्त रुपमा उपलब्ध गराएको र भर्खरै गएको बाढीपहिरो पीडितहरुलाई पनि आवश्यक सहयोग पुर्‍याउदै आएको स्मरण गराएको छ ।

त्यस्तै कोभिड १९ का कारण बन्द गरिएका नाट्यशालाहरुलाई अन्य क्षेत्रहरुलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्न समेत माग गरिएको छ । ‘पेशागत रुपमै नाटकमा आबद्ध नाट्यकर्मीहरुको विगत लामो समयदेखि पेशा खोसिएर बस्नुपरेको छ । जसले जीवनयापनमा नै कठिनाई उत्पन्न भएको छ’, महासंघले भनेको छ ।

महासंघले नाट्यशालाहरु खोलेर नाट्यकर्मीहरुको जीवन सहज बनाउन समेत माग गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : २० बजे

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष