प्रेमिका अँगालोमा बाँधिएकी छिन्
म उनको काखमा बसेको छु ।
हातमाथि हात राखेर जोडले कसेको छु ।
म भन्छु : तिम्रो लागि ज्यान दिन्छु ।
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।
अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया
तिम्रो टाउकोमा कति धेरै चाया ।
साभार : ‘रमाइला चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया