चार घण्टामात्र सुत्छन् अमिताभ « Khabarhub

चार घण्टामात्र सुत्छन् अमिताभ


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता अमिताभ बच्चन उमेरले वृद्ध भए पनि फिल्ममा उनको सक्रियता घटेको छैन । उनको उमेरका अधिकांश अभिनेता अहिले फिल्ममा कमै देखिन्छन् ।

अमिताभ अभिनित कैयौं फिल्म रिलिज हुने तयारीमा छन् । कैयौं फिल्मको सुटिङ भइरहेको छ । अमिताभ फिल्ममा यति सक्रिय छन् कि उनी पुरा निन्द्रा पनि सुत्न पाउदैनन् ।

अमिताभले आफ्नो ब्लगमा उनी डबल सिफ्टमा काम गरिरहेकोले सुत्नका लागि समय नमिलेको उल्लेख गरेका छन् । उनले एक दिनमा मुस्किलले चार घण्टामात्र सुत्ने गरेको जनाएका छन् ।

‘हिजो रातीको खेल केही लामो भयो । बिहानको २ः३० बजेमात्र सकियो । त्यसपछि केही निदाएँ र बिहान ६ बजे फेरि कामका लागि उठें । निन्द्राले तपाईंको कामको लय हराउछ । तर यसो हुन सकेन । काम आफ्नो निर्धारित समय तालिका अनुसार चलिरहेको छ’, उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘दुई फिल्म । दुई अलग फिल्म । दुई अलग भूमिका, दुई अलग लोकेसन र दुई अलग समय । पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो दुई बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि राती १० बजेसम्म । यसको सिधा अर्थ हो कि तपाईं ५ बजे उठेर ५ः३० सम्म निस्कनुपर्छ र ६ बजे पुगेर मेकअप गरी ७ बजे पहिलो सटका लागि तयार हुनुपर्छ । यसैगरी अगाडिको सिफ्टका लागि फेरि तयार हुनुपर्छ । कैयौं पटक शहर बाहिर अलग–अलग लोकेसनमा पनि ।’

कामको कुरा गर्दा अमिताभ पछिल्लोपटक आयुष्मान खुरानाका साथ फिल्म ‘गुलाबो सिताबो’मा देखिएका थिए । अब उनको फिल्म ‘चेहरे’, ‘झुण्ड’ र ‘मेडे’ रिलिजको तयारीमा छन् । यसबाहेक उनी ‘ब्रह्मास्त्र’, ‘द इन्टर्न’ र ‘गुडबाय’ मा पनि काम गर्दैछन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी