चार घण्टामात्र सुत्छन् अमिताभ « Khabarhub

चार घण्टामात्र सुत्छन् अमिताभ


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता अमिताभ बच्चन उमेरले वृद्ध भए पनि फिल्ममा उनको सक्रियता घटेको छैन । उनको उमेरका अधिकांश अभिनेता अहिले फिल्ममा कमै देखिन्छन् ।

अमिताभ अभिनित कैयौं फिल्म रिलिज हुने तयारीमा छन् । कैयौं फिल्मको सुटिङ भइरहेको छ । अमिताभ फिल्ममा यति सक्रिय छन् कि उनी पुरा निन्द्रा पनि सुत्न पाउदैनन् ।

अमिताभले आफ्नो ब्लगमा उनी डबल सिफ्टमा काम गरिरहेकोले सुत्नका लागि समय नमिलेको उल्लेख गरेका छन् । उनले एक दिनमा मुस्किलले चार घण्टामात्र सुत्ने गरेको जनाएका छन् ।

‘हिजो रातीको खेल केही लामो भयो । बिहानको २ः३० बजेमात्र सकियो । त्यसपछि केही निदाएँ र बिहान ६ बजे फेरि कामका लागि उठें । निन्द्राले तपाईंको कामको लय हराउछ । तर यसो हुन सकेन । काम आफ्नो निर्धारित समय तालिका अनुसार चलिरहेको छ’, उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘दुई फिल्म । दुई अलग फिल्म । दुई अलग भूमिका, दुई अलग लोकेसन र दुई अलग समय । पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो दुई बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि राती १० बजेसम्म । यसको सिधा अर्थ हो कि तपाईं ५ बजे उठेर ५ः३० सम्म निस्कनुपर्छ र ६ बजे पुगेर मेकअप गरी ७ बजे पहिलो सटका लागि तयार हुनुपर्छ । यसैगरी अगाडिको सिफ्टका लागि फेरि तयार हुनुपर्छ । कैयौं पटक शहर बाहिर अलग–अलग लोकेसनमा पनि ।’

कामको कुरा गर्दा अमिताभ पछिल्लोपटक आयुष्मान खुरानाका साथ फिल्म ‘गुलाबो सिताबो’मा देखिएका थिए । अब उनको फिल्म ‘चेहरे’, ‘झुण्ड’ र ‘मेडे’ रिलिजको तयारीमा छन् । यसबाहेक उनी ‘ब्रह्मास्त्र’, ‘द इन्टर्न’ र ‘गुडबाय’ मा पनि काम गर्दैछन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : ३० बजे

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई