अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य « Khabarhub

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ ।

मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौँको आकाशलाई पूर्ण रुपमा बादलले ढाकेको छ ।

प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । अन्तरराष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।

निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ । अन्तरराष्ट्रिय उडानको भिजिबिलिटी दुई हजार ५०० रहेको छ । त्यो उडानका लागि उपयुक्त हुन्छ । अन्तरराष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन् । काठमाडौँ अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडान मात्रै भइरहेको छ ।

सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । अन्तरराष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो । आन्तरिक उडान वैशाख २० र अन्तरराष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : २५ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल