प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल « Khabarhub

प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– सरकारका उपप्रधानमन्त्री अर्थ एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको बताएका छन् ।

कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना बुटवलको कार्यालय उद्घाटन गर्दै उनले प्रनिधिसभाले वैकल्पिक सरकारसमेत दिन नसकेको बताए । नेकपा एमालेका नेता पौडेलले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन भएको बताए ।

निर्वाचनका माध्यमबाट राजनीतिक स्थिरता सिर्जना गर्दै विकासको अभियान सञ्चालन गर्न विश्वसनीय विकल्प भएको मन्त्री पौडेलले बताए ।

लोकतन्त्रको प्राण निर्वाचन भएकाले राजनीतिक दल निर्वाचनसँग नडराउन उनले आग्रह गरे । निर्वाचन बाध्यताकारी रुपमा रहेको उनले बताउँदै प्रतिनिधिसभाले बैकल्पिक सरकार दिन नसक्दा निर्वाचनमा देश गएको पौडेलले दोहोर्‍याए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : ५४ बजे

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट