ज्येष्ठ नागरिकको घरदैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफूल र १२ हजार विशेष भत्ता « Khabarhub

ज्येष्ठ नागरिकको घरदैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफूल र १२ हजार विशेष भत्ता


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आएकी लामाको मुहारमा बिचित्रको चहक छाएको थियो ।

‘९० सालमा जन्मिएकी हुँ, ८८ वर्षकी भएँ । काम गर्न सक्दिन, यो भत्ता मेरा लागि साहारा बनेको छ,’ चिम्सा आँखासहित चमकदार अनुहार बनाउँदै लामाले भने, ‘मेयरज्यु र काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद । हामी डाँडामाथिका घाँम भइसकेकाहरुका लागि लौरोसँगै यो भत्ता पनि सहारा बनेको छ । म बहुत खुशी छु ।’

त्यसो त बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुग्नुभएका ८० वर्षीय दिपकराज पुडासैनीको पनि मुहारमा निकै चमक थियो ।

एकै पटक परिवारका दुई जनाले २४ हजार भत्ता थापेपछि उत्साहित हुँदै पुडासैनीले भने, ‘यो भत्ता कसैलाई दिने होइन । यसले इच्छा लागेको खाने कुरा किनेर खाने हो । श्रीमती वाथ रोगी छिन् । नियमित औषधी खानुपर्छ । यहि पैसाले औषधी किन्ने हो ।’

पुडासैनीले पनि लामाले जस्तै महानगरपालिकाले सम्मान स्वरुप दिएको भत्ताले आफूहरु खुशी भएको बताए । पुडासैनीसँगै बसेकि तेजकुमारीले दिपकका कुरा नसिकदैँ आखाँ तेज बनाउँदै भनिन्, ‘मैले पहिलो पटक महानगरपालिकाले दिएको विशेष भत्ता थाप्न पाएँ । औधी खुशी छु । यो हाम्रो उमेरका नागरिकका लागि साहरा हो ।’

वडा नम्बर–१८ नरदेवीमा भत्ता थाप्न आउनु भएका ८८ वर्षीय इन्द्रलाल महर्जनको पनि खुशी लामा र पुडासैनीसँगै मिल्दो–जुल्दो छ ।

८२ वर्षीया आशमाया महर्जनसँगै भेटिएकी इन्द्रलालले महानगरले एकमुष्ठ दिएको १२ हजार विशेष भत्ताले नियमित सेवन गर्दै आएको औषधी किन्ने, फलफूल खाने बताइन ।

जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताए ।

‘काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद र शुभकामना भन्न चाहन्छौँ,’ उनिहरुले भने ‘काठमाडौँ महानगले हामीलाई सम्मान गरेको छ । यो रकम भन्दा पनि हामीलाई गरेको सम्मान ठूलो कुरा हो । यस्तो सम्मानले हामीलाई अझै धेरै बर्ष बाँच्ने रहर पलाएको छ ।’

महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गरे ।

महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ ।

यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ ।

‘७५ बर्ष उमेर पुगेका र काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँका दरले बार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गर्दै आएका छौँ,’ विभिन्न वडामा महानगर विशेष भत्ता वितरणमा सहभागी प्रमुख शाक्यले भने, ‘अहिले विश्व नै कोभिडको कहरमा छ । यस्तो बेलामा बढी भिडभाड नहोस भनेर हामीले स्वास्थ्य मापदण्डको ख्याल गर्दै सकेसम्म उहाँरुको स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राखेर घरदैलोमै पुगेर विशेष भत्ता प्रदान गरिरहेका छौँ ।’

उनले कोही पनि जेष्ठ नागरिकले मेरो कोही छैन भन्ने महसुस गर्नु नपरोस् भनेर यो भत्ता प्रदान गरेको पनि जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–९ की वडा सदस्य श्रृजना भेटवालले वडाका सबै वरिष्ठ ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर भत्तासँगै फलफूल वितरण गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘कोभिड कहरका कारण बढी भिडभाड नहोस भनेर हामीले उहाँहरुको टोल–टोल र घर–दैलोमै पुगेर यस प्रकारको भत्ता वितरण गरिरहेका छौँ ।’ गत बर्ष १ हजार ९ सय ३६ पुरुष र ५ हजार ६ सय २१ महिला गरी ७ हजार ५ सय ५७ जनालाई महानगरपालिकाले यस्तो प्रकारको भत्ता उपलब्ध गराएको थियो ।

यो भत्ता सामाजिक सुरक्षा भत्ता बाहेकको भत्ता हो । महानगरमा गएको बर्ष ४९ हजार ६ सय ८४ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  २ : ०७ बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को