अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित « Khabarhub

अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् ।

वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक सुन्दरसिंह धामीले बताउँछन्। उनले भने, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुङ्गा खस्ने डर लाग्छ । सामान्य वर्षा हुँदा पनि पानी चुहिने ठाउँमा थाल, कचौरा समातेर बस्नुपर्छ । पानीले ओछ्यान भिजेर सुत्न सकिंदैन । तीन/चार दिनसम्म चिसै लुगा लगाउनुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ ।”

जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित अवस्थामा रहनु परेको उहाँको भनाइ छ । भवनको भित्ताबाट माटो र कुहिएको काठ खस्ने गरेको उनी बताउँछन् । बेलाबेला विषालु सर्पभित्रै आउने हुँदा राति निदाउन नसकिने प्रहरी जवान गोविन्दप्रसाद जोशीले भने ।

उनी भन्छन्, “मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्य जस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।” भान्सामा पानी भरिभराउ हुँदा खाद्यान्न बिग्रने गरेको छ । भवनमा झ्याल नहुँदा जाडोमा चिसोले सताउँछ ।”

विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन, उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ ।

विमानस्थल, सिमखेत चेक पोष्ट, र पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भएपनि हाल ११ जना कार्यरत रहेका छन् । एकातर्फ विमानस्थलको डिउटी गर्नुपर्ने, अर्कातर्फ वडा नं ५, ६, ७, ८ र ९ को शान्ति सुरक्षा हेर्नुपर्ने हुँदा भ्याइ नभ्याइ हुन्छ । गाउँहरुमा कतै झैझगडा भएमा वा प्राकृतिक विपद् भएमा तुरुन्तै पुग्नु पर्ने बाध्यता रहेको छ ।

विमानस्थलकै प्रहरीले नगरपालिकाको सिमाना तमैल बजारसम्म हेर्नु पर्ने बाध्यता रहेको छ । बर्खा याममा पानी परेको बेला ग्रामीण सडकमा गाडी नजाने र गाउँहरु छरिएकाले हिडेर जानुपर्ने भएकाले तथा प्रहरी जनशक्ति कम भएको प्रनानि धामीले बताउँछन् ।

भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको उनको भनाइ छ । देवल विमानस्थल सुरक्षा समितिले जीर्ण भवनको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको भएपनि अहिलेसम्म कुनै जानकारी नआएको जानकारी दिएको छ ।

जिल्लाभरिका लागि ३७४ जनाको दरबन्दी रहको भए पनि दरबन्दी अनुसारका प्रहरी छैनन् । अहिले ३४३ जना मात्र कार्यरत रहेकाले प्रहरी व्यवस्थापनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनले विमानस्थल सुरक्षाको लागि थप प्रहरी टोलीको व्यवस्थापन गर्न आवश्यक महशूस भएपनि बस्ने बासस्थानको उचित व्यवस्थापन नहुँदा प्रहरीको सङ्ख्या थप्न नसकेको बताए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ३ : ५५ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय