अफगानिस्तानबाट सेना फिर्ता भएपनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा « Khabarhub

अफगानिस्तानबाट सेना फिर्ता भएपनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गरेका छन् ।

अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरुबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा भएको छ ।

अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षा मन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिला बारेमा छलफल गरेका थिए ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अमेरिकी सेना स्वदेश फर्कने समय आइसकेकामा जोड दिएका थिए ।

“अफगानिस्ताने आफ्नो भविष्यको निर्णय आफैं गर्नु पर्दछ,” राष्ट्रपति बाइडेनले अफगान नेताहरुसँगको आफ्नो भेटको शुरुमा संक्षिप्त टिप्पणी गर्दै भने ।

बाइडेन प्रशासनले आगामी सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने गरी तयारी भइरहेको अवस्थामा अफगान नेताहरु वासिङ्टन पुगेका थिए ।

अफगानिस्तानमा अमेरिकी सेना बस्न थालेको २० वर्ष पुग्न लागेको छ । यस अवधिमा अमेरिकी र अफगानी सेना तथा सर्वसाधारणको ठूलो संख्यामा हत्या एवं मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।

राष्ट्रपति घानीले शुक्रबार नै अमेरिकी संसदकी सभामुख नान्सी पेलोसी र रिपब्लीकन पार्टीका सांसदहरुसँग भेटघाट गरेका थिए । उनले बिहीबार सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेलसँग पनि भेट गरेका थिए ।

अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घाइते भएका छन् । युद्धका क्रममा तीन हजार ८०० भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएको विभागको भनाइ छ ।

यस युद्धबाट अफगानी सर्वसाधारण अझ बढी प्रताडित भएका थिए । युद्धमा ६६ हजार भन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने २७ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । उनीहरुमध्ये अधिकांश इरानतर्फ पलायन भएका थिए ।

अमेरिकी सेनाको सबैभन्दा ठूलो हिस्सा स्वदेश फर्किए पनि अमेरिकी कुटनीतिज्ञको सुरक्षाका लागि करिब ६५० जना सैनिक मात्र अफगानिस्तानमा तैनाथ हुनेछन् । अमेरिकी अधिकारीहरुका अनुसार अर्को दुई साताभित्र कुटनीतिज्ञहरुको सुरक्षा व्यवस्था टुङ्गो लाग्नेछ ।

केही सय अतिरिक्त अमेरिकी फौज काबुल विमानस्थलमा सेप्टेम्बरसम्म रहने सम्भावना छ । उनीहरुले टर्कीका सेनालाई आवश्यक सुरक्षा प्रदान गर्नेछन् ।

समग्रमा, अधिकारीहरुले अमेरिकी र गठबन्धनको सैन्य कमान्ड, यसको नेतृत्व र अधिकांश सैनिकहरु जुलाई ४ सम्ममा वा त्यसको केही समयपछि फिर्ता हुने योजना रहेको बताएका छन् । यो योजना केही महिना अघि नै तयार भइसकेको बताइएको छ ।

यद्यपी सैन्य फिर्ता सम्बन्धी विस्तृत विवरण दिन अमेरिकी अधिकारीहरुले अस्वीकार गरेका छन् ।

पछिल्लो समय अफगानिस्तानमा चार हजारको हाराहारीमा अमेरिकी सेना बाँकी रहेको बताइएको छ । अमेरिकी सेनाको फिर्तीसँगै केही महिनाभित्रै अफगानिस्तानको सरकार र सैनिक पतन हुने अनुमान गरिएको छ । पछिल्लो समय तालिबान समूहले देशका धेरै जिल्लामा निरन्तर कब्जा गर्दै गएको र कैयौं जिल्लामा सेना एवं प्रहरीले आफ्ना पोस्टहरु छाड्न थालेका छन् ।

अमेरिकी राष्ट्रपतिको “ओभल कार्यालय”मा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति घानीले राष्ट्रपति बाइडेनसँगको छलफल सकारात्मक रहेको बताए । उनले अमेरिकी सहयोग निरन्तर राख्ने बाइडेनको भनाईबाट आफूहरु आशावादी रहेको बताएका थिए । तर उनले आगामी दिनमा कठिनाईहरु रहेको पनि स्वीकार गरेका थिए ।

बाइडेनसँगको बैठकमा सहभागी अब्दुल्लाहले अमेरिकी सहयोगको निरन्तरताको आवश्यकताका बारेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ३ : २१ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको