सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु « Khabarhub

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा तेल बोक्ने ट्यांकरले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा रुपनी गाउँपालिका ३ कि ८ वर्षीया यशोधा देवी र कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपनी गाउँपालिका ३ कि ८ वर्षकी यशोधा देवीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्धिवेदीले बताए ।

यस्तै, स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको सोही ट्यांकरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा सलीमले बुहारी र नातिनीलाई लिएर घरतर्फ जाँदै गर्दा ट्यांकरले ठक्कर दिएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

दुबै मोटरसाइकलमा सवार अन्य व्यक्तिहरु भने सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ४ : ४४ बजे

ट्राफिक कारबाहीमा एकै दिन चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी

जापानको सानदार प्रदर्शन पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक