'प्रधानमन्त्रीको अफर आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन' | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीको अफर आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले कुनै पनि अवस्थामा गठबन्धनलाई धोका नदिने स्पष्ट पारेका छन् ।

आज विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै नेता नेपालले सर्वोच्च अदालतमा दायर भएको रिटको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पारेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेपनि गठबन्धनबाट बाहिर नजाने र धोका नदिने दाबी गरे । उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री अफर आइसक्यो। माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् । माधव नेपाल धोका दिने मानिस होइन । जुन प्रक्रिया अघि बढेको छ । यसमा कुनै पनि धोका हुनेछैन । हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चमा दायर रिटका बारेमा हामी कुनै पनि अवस्थामा धोका दिन्नौं ।’

नेता नेपालले अब एमाले एकताको सम्भावना समेत कमजोर बनेको संकेत गरे । उनले भने, ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपाल विचलित हुने हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । तर म त्यसमा छैन । भोलि केपी ओलीसँग गएर फस्नुहुन्छ भन्ने लाग्या छ भने त्यस्तो हुन्न । वाक्क दिक्क भएका छौँ । त्यत्तिकै एउटा मनस्थितीमा पुगेका होइनौँ । मन उता शरिर उता होइन ।’

आफ्नो समूह अहिले संक्रमणकालीन अवस्थामा रहेको भन्दै उनले अब एमालेमा फर्कने अवस्था कमजोर बनेको समेत संकेत गरेका छन् । अहिले एमालेभित्रै विद्रोहीका रुपमा रहेको भन्दै उनले भने, ‘हामी छुट्टै पार्टीको रुपमा छनौँ । एमालेको विद्रोहीको रुपमा हिडिरहेका छौँ । तर यो कहिलेसम्म ?’

बालुवा पलेर तेल ननिस्कने विश्वासमा आफू रहेको तर छलफल गर्ने विषय सकारात्मक रहेको उनको भनाइ छ । यसअघि वामदेव गौतमले समेत ओलीलाई सच्याउन पहल गर्ने भनेका बेला समेत बालुवा पेलेर तेल नआउने भनेको भन्दै नेता नेपालले अहिलेसमेत कतिपय नेताहरुलाई त्यस्तै लागेको भएपनि अध्यक्ष ओली सच्चिने सम्भावना नहरेको बताए । उनले भने, ‘बालुवा पेलेर तेल निस्किन्छ कि भनेर केही साथीहरुलाई लागेको छ । पटकपटक धोका चालबाजीले वाक्कदिक्क भएर हामी हैरान परेका छौँ । अहिले केपी ओलीका कारण देश नै हैरान भइसकेको छ ।’

नेता नेपालले संविधानको धारा ७६ को ५ मा सांसदहरुलाई विषेशाधिकार रहेको भन्दै सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गरेर प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुने विश्वास रहेको समेत बताएका छन् । नेता नेपालले अध्यक्ष ओली सच्चिएर आए पार्टी एक हुने समेत बताएका छन् । उनले भने, ‘केपी ओलीविरुद्ध हैन प्रवृत्तिविरुद्धको लडाईं हो । अहिले ओलीजीले कोर्स करेक्सन गरेर राइटिष्ट नीति अवलम्बन गर्नुभएको छ । गलत विचार, चिन्तन सुध्रेर वुद्ध भएर फर्कनुहुन्छ भने उहाँलाई पनि स्वागत छ ।’

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सत्ता, पैसा र शक्तिको मात लागेको उनले बताए । ‘७६ को ५ ले सांसदहरुलाई विषेश अधिकार दिएको छ । विश्वासको मत दिने सन्दर्भमा पहिलो त ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हो । लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएकाले आशंका नगर्नुस् ।’ उनले भने ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ०७ बजे

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा

रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित

काठमाडौं- चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको

शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौं- उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका

दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

काठमाडौं–  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल