टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो | Khabarhub Khabarhub

टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी– कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।

कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए ।

पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : २५ बजे

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा