सलमानका यी पाँच असफल प्रेम « Khabarhub

सलमानका यी पाँच असफल प्रेम


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता सलमान खान उमेरले ५५ वर्ष पुगिसकेका छन् । अहिलेसम्म उनी बलिउडको ‘मस्ट एलिजिबल ब्याचलर’ छन् । सलमानले एकपटकमात्र नभई कैयौंपटक प्रेम गरे । पाँच पटक त उनी विवाहका लागि घोडा चढ्न तयार थिए । तर विविध कारणले त्यो पुरा हुन सकेन ।

१६ वर्षीया सोमी अली सलमानसँग विवाह गर्नकै लागि भनेर भारत आएकी थिइन् । उनले फिल्म पनि सलमानको नजिक हुनकै लागि अभिनय गरिन् । त्यो समयमा सलमान र अभिनेत्री संगीता बिजलानीको प्रेमको चर्चा बलिउडमा थियो ।

साेमीले एक अन्तरवार्तामा सलमान र संगीताको प्रेमले आफूलाई तनाव दिएको खुलाएकी थिइन् । उनले आफूले सलमान र संगीताको प्रेम सम्बन्धमा दुरी ल्याउने प्रयास गरेको बताएकी थिइन् ।

त्यसपछि सलमान र सोमी नजिकिए । यदपि उनीहरुको सम्बन्धमा पनि अन्यको नजर पर्यो । सोमीका अनुसार सलमानले उनलाई धोका दिएका थिए । त्यसपछि उनी अमेरिका गइन् ।

सलमान र अभिनेत्री ऐश्वर्या रायको पीडादायी प्रेमकथाका बारेमा जानकार नहुने सायद कमै होलान् । उनीहरु एकअर्काको प्रेममा पूर्ण रुपमा लिप्त भइसकेका थिए । तर उनीहरुको प्रेममा असुरक्षाको महशुस उनीहरुको घरबाटै भयो ।

सलमान जसरी भए पनि ऐश्वर्यासँग विवाह गर्न चाहन्थे । तर ऐश्वर्या भने हतारोमा विवाह गर्न चाहन्न थिइन् ।

इटालियन मोडल लूलिया वन्तूर र सलमानको भेट डबलिनमा सन् २०१० मा भएको थियो । सलमानसँगको भेटपछि उनी सलमानको परिवारसँग नजिकिइन् । यो जोडीले आफ्नो सम्बन्धमा आधिकारिक रुपमा मोहर लगाइसकेका छैनन् । तर पनि उनीहरु जोडीका रुपमा सँगै हुन्छन् ।

सलमान र अभिनेत्री कटरीना कैफको भेट फिल्म ‘मैने प्यार क्यो किया’को सेटमा भएको थियो । त्यसपछि उनीहरु विस्तारै प्रेममा पर्न थाले । यद्यपि उनीहरु चाँडै अलग्गिए ।

सलमान र संगीता बिजलानी पनि एकअर्काको प्रेममा निकै भिजिसकेका थिए । उनीहरुको विवाह पनि हुने तयारी थियो । तर अन्त्यमा उनीहरुको सम्बन्धमा पनि दरार आयो । दुवैबीच हुन लागेको विवाह पनि रोकियो । अहिले उनीहरु मिल्ने साथी छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : १५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा