भोलिदेखि ढल्केबरबाट कोहलपरसम्म विद्युत कटौती हुन सक्ने « Khabarhub

भोलिदेखि ढल्केबरबाट कोहलपरसम्म विद्युत कटौती हुन सक्ने


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले भोलि (शनिवार) असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएकाले असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको हो ।

प्राधिकरणले आज (शनिवार) एक सूचना जारी गर्दै खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरूका लागि छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ ।

निर्धारित समयअगावै प्रसारण लाइन जोड्ने काम सकिए सोहीअनुसार विद्युत आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ । कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म विद्युत् कटौती कम गर्ने प्राधिकरणको तयारी छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज