श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा भारतको जित « Khabarhub

श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा भारतको जित


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली भारतले जित निकालेको छ ।

कोलम्बोमा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रनमा सीमित भयो ।

श्रीलंकाका चारिथ असलंकाले ४४ रन, अभिष्का फर्नान्डोले २६ रन र डसुन शनकाले १६ रन बनाए पनि अरूको प्रदर्शन सम्झन लायक रहेन ।

घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिँदा  दीपक चाहरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान शिखर धवनले ४६ रन जोड्दा सन्जु सामसनले २७ तथा इशान किशनले अविजित २० रन बनाए ।

जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : २५ बजे

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५