पतिबाट अलग्गिइन् पूर्व पोर्नस्टार मिया « Khabarhub

पतिबाट अलग्गिइन् पूर्व पोर्नस्टार मिया


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– पूर्व एडल्ट फिल्म अभिनेत्री मिया खलीफा सामाजिक सञ्जालको सेन्सेशन नै हुन् । दुई वर्षअघि मियाले आफ्नो विवाहको खबर सार्वजनिक गरेकी थिइन् । यिनै अभिनेत्रीले पति रोबर्ट सेण्डबर्गसँग अलग्गिने निर्णय लिएकी छन् ।

मियाले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट शेयर गरेकी छन् । जहाँ उनले आफ्नो वैवाहिक जीवनलाई अगाडि बढाउने धेरै प्रयास गरे पनि प्रयास असफल भएको उल्लेख गरेकी छन् । उनले पतिसँग अलग्गिने निर्णय लिनुअघि थेरापी पनि लिएको खुलाएकी छन् ।

‘हामी विश्वासका साथ भन्छौं कि हामीले आफ्नो विवाह गर्नका लागि सबै गर्यौं । तर एक वर्षको थेरापी र प्रयासका बाबजुद हामी यो निर्णय लिएका छौं कि हामी एक मिल्ने साथी हौं । हामीले विवाह बचाउन धेरै कोशिस गनै गर्यौ । हामी जहिल्यै प्रेम र एकअर्काको सम्मान गर्नेछौं’,उनले लेखेकी छन् ।

उनले आफूहरुको वैवाहिक जीवनलाई बिना कुनै पछुतो बन्द गरिरहेको र दुवैजनाले नयाँ जीवनको सुरुवात गर्ने जनाएकी छन् ।

आफूहरु अलग्गिएको घोषणा गर्नु केही दिन अघि खलीफाले आफ्ना पति रोबर्ट सेण्डबर्गको इन्स्टाग्राममा एनिभर्सरीको शुभकामना दिएकी थिइन् । मियाको पहिलो विवाह सन् २०११ र २०१४ को बीचमा भएको थियो । तर उनले कहिल्यै पनि आफ्नो पतिको बारेमा कुनै जानकारी दिइनन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : १० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल