देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आह्वान « Khabarhub

देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आह्वान

प्रदेश -२,लुम्बिनी र गण्डकीमा 'अति भारी' वर्षा हुन सक्ने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षा तथा राति तीन वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश-२, लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

शनिबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।

‘पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र १० गते (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  वाग्मती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  वाग्मती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ११ गते (शुक्रबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका  एक-दुई  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १२ गते (शनिबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : १० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको