आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका « Khabarhub

आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पाकिस्तानी पत्रकार असद अलि तुरले आफुमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् ।

केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए ।

मुलुकको संस्थापनप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका पत्रकार तुरले आफूलाई गरिएको हमलामा आईएसआई सदस्यहरुको संलग्नता हुन सक्ने जनाएका छन् ।

आक्रमणकारीहरु आईएसआई हुन या होइनन् पत्ता लगाउने काम प्रहरीको भएको जर्मन समाचारपत्र डुस्टाच वेलसँग अन्तवार्तामा उनले बताए ।

पाकिस्तानमा वर्तमान सरकारको समयमा पत्रकारहरुमाथि आक्रमणको घटना ह्वात्तै बढेको तुरले बताए । सरकारकारले गरेका धेरै गैरकानुनी र गलत कामहरुको कारण पत्रकारहरुमाथि असुरक्षा बढेको तुरले बताएका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : १० बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का