चोरी भएको स्कूटर ट्राफिकको नियन्त्रणमा « Khabarhub

चोरी भएको स्कूटर ट्राफिकको नियन्त्रणमा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कूटर चोरीमा संलग्न १ जनालाई स्कूटर चोरी गरी भाग्दै गर्दा पक्राउ गरेको छ ।

महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा ७० प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कूटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्‍वरको अर्यालगाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलका अनुसार पक्राउ पर्नेमा सिरहा कर्जना नगरपालिका वडा नं. २ भुल्के घर भई काठमाडौँ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत रहेको महाशाखाले जनाएको छ ।

स्कूटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्‍ठले ९ गतेजानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।

स्कूटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कूटर सहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ३९ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको