नौ वर्षसम्म पनि बनेन शीत भण्डारः सस्तोमा बिक्री गर्न बाध्य किसान « Khabarhub

नौ वर्षसम्म पनि बनेन शीत भण्डारः सस्तोमा बिक्री गर्न बाध्य किसान


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– तानसेन नगरपालिका–७ बाघखोरमा नौ वर्षसम्म पनि शीत भण्डार निर्माणको काम पूरा हुन सकेको छैन् ।

भारतीय राजदूतावासको रु चार करोड ९९ लाख र तानसेन नगरपालिकाको अन्य शीर्षकमा बजेट विनियोजन गरी काम थालिएको सो शीत भण्डारको निर्माण कार्य नौ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हो ।

दुई हजार टन क्षमताको सो शीत भण्डारको निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने सम्झौता गरिए पनि अहिलेसम्म २७ प्रतिशत मात्र सम्पन्न भएको बताइएको छ । बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेभीले २०६९ फागुन २३ गते सम्झौता गरी विसं २०७१ जेठ ३० गते सम्पन्न गर्ने सर्तमा काम थालेको थियो । तर पटकपटक म्याद थप गरिए पनि शीत भण्डार निर्माणको काम गति लिन सकेको छैन ।

अहिले भवनको तल्लो भागमा घाँस तथा रुख हुर्किरहेका छन् । पटकपटक म्याद थप गरिए पनि नौ वर्षसम्म शीत भण्डारको भवन अलपत्र बनेको तानसेन–७ का माधव भट्टराईले बताए । “विगत पाँच वर्षदेखि कुनै पनि काम नहुँदा भवन अलपत्र बनेको छ”, उनले भने, “पहिला खेलकूद प्रतियोगिताको आयोजना गरिने यस क्षेत्रमा शीतभण्डार निर्माण गर्न थालेपछि अहिले यो क्षेत्र सुनसान बनेको छ ।”

अलपत्र अवस्थामा रहेको शीतभण्डारको निर्माण कार्य छिटो सुचारु गर्न तानसेन नगरपालिकामा पटक पटक धाए पनि गति लिन नसकेको उनको भनाइ छ । पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँची जिल्लाका कृषि उत्पादनलाई चिस्यान केन्द्रमा भण्डारण गरी नोक्सानी काम गर्ने सरकारको योजना थियो । किसानले उत्पादित बस्तुलाई लामो समयसम्म ताजा राख्न र राम्रो मूल्यका निम्ति चिस्यान केन्द्रमा भण्डारण गर्ने चलन छ । तर शीत भण्डार नबन्दा यस क्षेत्रका किसानलाई बीउबिजन भण्डारणका लागि रुपन्देहीको भैरहवा लैजानुपर्ने बाध्यता रहेको भट्टराईको भनाइ छ ।

निर्माणाधीन शीत भण्डारको संरक्षण गर्न भारतीय नागरिकलाई हेरालुको जिम्मेबारी दिएको छ । भारतको सीतापुरका राज चौरसियाले परिवारसहित हेरालुको रुपमा काम गरेपनि पारिश्रमिक पाउन नसक्दा ऋणको भारी बोकेका छन् । चार वर्षदेखि निर्माण पक्षबाट पारिश्रमिक पाउन नसकेको उनको गुनासो छ ।

पारिश्रमिक नपाउँदा बिहान साँझको छाक टार्नसमेत समस्या भएको चौरसियाको भनाइ छ । विसं २०७५ माघ ८ गते काम पूरा गर्न अन्तिम म्याद दिएको थियो । सोही मितिमा काम पूरा नगरेपछि नगरपालिकाले क्षतिपूर्तिबापत रु ४८ लाख २२ हजार ५५ भुक्तानी गर्न व्यवसायीलाई पत्राचार गरेको थियो । व्यवसायीले आफूलाई लगाएको क्षतिपूर्ति मिनाह र कामको मूल्याङ्कलन गरी रु ५० लाख पाउनुपर्ने दाबी गरेको छ ।

तानसेन नगरपालिकाले पकटपटक गरी रु दुई करोड १६ लाख भुक्तानी दिएको छ । तानसेन नगरपालिका, भारतीय दूतावास र निर्माण व्यवसायीबीच छलफलमा काम गर्ने लिखित सहमति भए पनि काम पुनः सुचारु हुन सकेको छैन । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले काम नगर्ने निर्माण पक्षलाई हटाएर नयाँलाई जिम्मा दिन कानुनी समस्या आएको बताए ।

अलपत्र शीत भण्डार निर्माणको कामलाई गति दिन पहलकदमी भइरहेको र छिटो काम सुचारु गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको उनले बताए । शीत भण्डारको अभावले कृषि उत्पादन सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता हटेको छैन । निर्धारित समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्न नसक्दा राज्यको पैसा बालुवा पानी खन्याए जस्तै भएको छ । रासस

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  २ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक