अफगानिस्तानबाट ११ जना नेपालीलाई उद्धार गरेर दिल्ली पुर्‍याइयो « Khabarhub

अफगानिस्तानबाट ११ जना नेपालीलाई उद्धार गरेर दिल्ली पुर्‍याइयो


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट ११ जना थप नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले विहीबार ११ जना नेपाललाई उद्धार गरेर भारतको नयाँ दिल्ली ल्याइएको जनाएको छ । मन्त्रालयका अनुसार उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीहरुलाई अफगानिस्तानको काबुल विमानस्थल नजिकै सुरक्षित राखिएको छ ।

मन्त्रालयले भनेको छ, ‘काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका उक्त नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैरहेको छ ।’ तर काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरणबारे हालसम्म पनि कुनै टुंगो नभएको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौँसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ३९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक