पाकिस्तानमा आफूमाथि आईएसआईले आक्रमण गरेको पत्रकारको आशंका « Khabarhub

पाकिस्तानमा आफूमाथि आईएसआईले आक्रमण गरेको पत्रकारको आशंका


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पाकिस्तानी पत्रकार असद अलि तुरले आफूमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् ।

केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापन प्रति आलोचनात्मक टिप्पणी गर्दै आएका पत्रकार तुरमाथि हमला गर्नेहरुले आफू आईएसआई आबद्ध रहेको बताएको उनले बताए ।

आफूमाथि आक्रमण अघि ती व्यक्तिहरु कहिले नदेखेको तर उनीहरुको भनाइ अनुसार आईएसआई सदस्यहरु हुन सक्ने तुरले बताए ।
आक्रमणकारीहरु आईएसआई हुन या होइनन् पत्ता लगाउने काम प्रहरीको भएको जर्मन समाचारपत्र डुस्टाच वेलसँग अन्तवार्तामा उनले बताए ।

पाकिस्तानमा वर्तमान सरकारको समयमा पत्रकारहरुमाथि आक्रमणको घटना ह्वात्तै बढेको तुरले बताए । सरकारकारले गरेका धेरै गैरकानूनी र गलत कामहरुको कारण पत्रकारहरुमाथि असुरक्षा बढेको तुरले बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक