बेलायती सेनामा भिसी पाउने पहिलो गोर्खा सैनिक थापाको सालिक अनावरण « Khabarhub

बेलायती सेनामा भिसी पाउने पहिलो गोर्खा सैनिक थापाको सालिक अनावरण


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन-बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।

सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका थिए । समारोहमा दिवङ्गत सेनाका सम्झनामा मौनधारण गरिएको थियो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो । सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारी दिए ।

काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लागि सालिक बनाउन जग्गा भाडा दिएको थियो भने सालिक मर्मतसम्भार पनि काउन्सिलले नै गर्ने जनाइएको छ । अल्डरसटमा स्थानीय समुदायसँग नेपालीको सुमधुर सम्बन्धको प्रमाणका रूपमा सालिक अनावरण भएको वेलिङटन काउन्सिलर जीव बेल्वासेले बताए।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : १० बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्