प्रदेश २ का मुख्यमन्त्री राउतलाई तालिवानको संज्ञा दिँदै प्रदर्शन  | Khabarhub Khabarhub

प्रदेश २ का मुख्यमन्त्री राउतलाई तालिवानको संज्ञा दिँदै प्रदर्शन 

मदरसा शिक्षा विद्येयक खारेज नगरे आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको हो ।

प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए ।

वीरगन्जको माइस्थान मन्दिर अगाडिबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाए । ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दुत भएर आइएसआईको एजेन्टको रुपमा मुख्यमन्त्री राउतले काम गर्दै आएका छन्,’ उनले मुख्यमन्त्रि रावतलाई प्रश्न गरे ‘नेपालमा सामुदायिक विद्यालय छन्, विद्यालयहरुमा जात सोधेर शिक्षा प्रदान गरिदैँन, शिक्षामा कुनै प्रकारको विभेद छैन तर पनि मदरसा शिक्षा विद्येयक ल्याउनुको अर्थ के हो ?’

नेपाललाई इस्लामिकरणतर्फ धकेल्ने योजनाअनुरुप यो विद्येयक ल्याइएको उनको ठम्याइ छ। तत्काल यो विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्रीविरुद्ध आन्दोलनको आँधीबेहेरी ल्याउने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए । ‘मुख्यमन्त्रीले इस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरसा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन् तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरिएको छ,’ अध्यक्ष यादवले भनेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : २४ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको