प्रचण्डका अभिव्यक्तिमा संग्रौलाको व्यंग्य ‘वाँण’ « Khabarhub

प्रचण्डका अभिव्यक्तिमा संग्रौलाको व्यंग्य ‘वाँण’


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेखक खगेन्द्र संग्रौलाले प्रचण्डका अभिव्यक्ति कहिल्यै पूरा हुँदैनन् भन्दै व्यंग्य  हानेका छन् ।

प्रचण्डका अभिव्यक्ति झुटा र अपूरो हुने गरेको उदाहरण दिँदै संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पुष्पकमल जे भन्छन्, बुझ्नुपर्छ त्यो हुँदैन!’

संग्रौलाले दाहालले विगतमा र वर्तमानमा दिएका अभिव्यक्तिलाई शिलसिलेवर ढंगले प्रस्तुत गर्दै भनेका छन्, ‘प्रचण्डले दुई दलको एकता कुनै शक्तिले भत्काउन सक्दैन भने, देखियो,’ उनले थपेका छन्, ‘प्रचण्डले नेकपा डबलले ५० वर्ष अटुट शासन चलाउँछ भने। नापियो!’

आगामी चुनावमा बहुमत ल्याउने प्रचण्डको दाबीलाई पनि संग्रौलाले गफको संज्ञा दिएका छन्।

‘प्रचण्डले मन्त्री परिषद् पर्सि पूरा हुन्छ भन्या ५ पटक भो,’ संग्रौला भन्छन्, ‘प्रचण्ड आउने चुनावमा एमाओवादीको बहुमत आउँछ भन्दैछन्। गफै त हो!’

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ३८ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र