मिलमा आगलागी, ७० लाखको क्षति « Khabarhub

मिलमा आगलागी, ७० लाखको क्षति


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको एक मिलमा आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ ।

मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति १० बजेतिर अचानक आगलागी हुँदा दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । आगो प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति साढे ११ बजेतिर नियन्त्रणमा लिइएको उनले बताए ।

आगलागीको कारण खुलेको छैन ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ५० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी