मुक्त कमलरीले अझै पाएनन् परिचयपत्र | Khabarhub Khabarhub

मुक्त कमलरीले अझै पाएनन् परिचयपत्र


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली-सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र पाउन नसक्दा उनीहरु विभिन्न सरकारी सेवासुविधाबाट बञ्चित हुनुपरेको बताइएको छ ।

सरकारले विसं २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो । अहिलेसम्म पनि आधा बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मुक्त कमलरी विकास मञ्च कैलालीको अध्यक्ष बिन्द्रा चौधरीले जानकारी दिए । पछिल्लो समय कमलरीको जीवनस्तरमा परिर्वतन आउन नसकेको बताइएको छ । अहिले पनि गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्यलगायतका अन्य आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्ने अवस्था रहेको उनले बताए।

सरकारले १ देखि ८ कक्षासम्म अध्ययनरत मुक्त कमलरीलाई मासिक रु १५० एवं ९ र १० कक्षामा पढिरहेकालाई रु १८० दिँदै आएको छ । साथै १२ कक्षासम्म अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति दिने गरेको छ । सो कक्षाभन्दा माथि अध्ययन मुक्त कमलरीलाई छात्रवृत्ति दिने गरेको छैन । अर्थावस्था कमजोर भएकै कारण १२ पास गरेर माथिल्लो तह अध्ययन गर्न नसकेको जनाइएको छ । उच्च शिक्षा अध्ययनका लागिसमेत राज्यले मुक्त कमलरीलाई सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।

कैलालीमा चार हजार ७४ मध्ये दुई हजार ५०० मुक्त कमलरीले मात्र सरकारी परिचयपत्र पाएको मञ्चले जनाएको छ । सो जिल्लामा अझै एक हजार ५७४ जनाले परिचयपत्र पाउन बाँकी छ । छुट कमलरीको परिचपपत्रका लागि आफूहरु लागे पनि सरकारले कुनै सुनुवाइ नगरेको उनको गुनासो छ ।

मञ्च केन्द्रीय कार्यालय दाङका अनुसार हाल दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी सात हजार ८३५ मुक्त कमलरीले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । यी पाँच जिल्लामा उनीहरुको सङ्ख्या १२ हजार ७६९ छ । ती दाङमा दुई हजार १६०, बाँकेमा ३४३, बर्दियामा दुई हजार ९५३, कैलालीमा एक हजार ५७४ र कञ्चनपुरमा ८०५ गरी झण्डै आठ हजार बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मञ्चले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : २९ बजे

असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए

काठमाडौं– भदौ २३ गते जेनजी पुस्ताका युवाको नाममा भएको भ्रष्टाचार

‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या प्रकरणमा कसले के भने ?

वाशिङ्टन- अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी

चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ

काठमाडौं– विभिन्न चार राजनीतिक दलका युवा सङ्गठनहरूले विभिन्न आन्दोलन र

महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न 

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो सम्पत्ति जलेको सहने

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम