पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु | Khabarhub Khabarhub

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– पोखरीमा डुबेर सप्तरीमा पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो ।

घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।

महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् ।

सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।

योसमेत आव २०७८/०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : १० बजे

असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए

काठमाडौं– भदौ २३ गते जेनजी पुस्ताका युवाको नाममा भएको भ्रष्टाचार

‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या प्रकरणमा कसले के भने ?

वाशिङ्टन- अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी

चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ

काठमाडौं– विभिन्न चार राजनीतिक दलका युवा सङ्गठनहरूले विभिन्न आन्दोलन र

महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न 

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो सम्पत्ति जलेको सहने

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम