मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु « Khabarhub

मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु

उच्च मृत्युदर बारे अध्ययन गरिने



दोहा : मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले नेपाली श्रमिको उच्च मृत्युदर बारे अध्ययन गर्ने भएको छ ।

सुहाकमलाई त्यहाँस्थित नेपाल दूतावासले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा त्यहाँ मृत्यु हुने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाएको छ ।

सुहाकम कमिश्नर जेराल्ड जोसेफका अनुसार आयोगले नेपाली दूतावासबाट सूचना प्राप्त गरेको विवरणमा सन् २०१८ देखि जुलाई २०२१ को बीचमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मलेसियामा मृत्यु भएको जानकारी दिएका छन् ।

यसरी मृत्यु हुनेहरु मध्ये बहुसंख्यकको मृत्युको कारण आत्महत्या,कार्यस्थल दुर्घटना निमोनिया, कोभिड १९ तथा अन्य रोगहरु रहेको स्थानीय सञ्चार माध्यम मालयमेलले जनाएको छ ।

नेपालीको उच्च मृत्युदर बारे अध्यनमा श्रम विभाग वा सुरक्षा विभाग र स्वास्थ्य विभागलाई पनि संलग्न गरिने कमिश्नर जोसेफले बताए । सुहाकमले पत्रकार सम्मेलन गर्दै मृत्युको कारण र यसमा को जिम्मेवार हुने भन्ने बिषयमा पनि अध्यनमा गर्ने जनाएको छ ।

उनका अनुसार आयोगले यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित एजेन्सीहरूसँग थप जानकारी लिई अनुगमन गर्ने जनाएको छ।

मलेसियामा हरेक दिन एक जना नेपालीको मृत्यु हुने त्यहाँ क्रियासिल विभिन्न संघसस्था तथा श्रमिकहरुले बताउने गरेका छन् । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ३८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल