अब नेतृत्व युवाले लिनुपर्छ : गुरुराज घिमिरे | Khabarhub Khabarhub

अब नेतृत्व युवाले लिनुपर्छ : गुरुराज घिमिरे


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब कांग्रेसको नेतृत्व युवा पुस्ताले गर्नुपर्नेमा जोड दिएका छन् । सर्लाहीको जानकीनगर वडा नम्बर १ स्थित चौरमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अब बुढो पुस्ताले अभिभावकत्व ग्रहण गर्ने बेला आएको बताए ।

‘जसरी पेले दर्शक छन्, सल्लाहकार छन् तर खेलाडी भने नेइमार छन् अब हाम्रो पार्टीमा पनि त्यस्तै हुनुपर्छ,’ उनले भने, ‘अब हाम्रो पुस्ताले राजनीति गर्ने हो र हाम्रो अग्रजले सल्लाहकारको भूमिका निर्वाह गर्ने हो ।’ उनले अब ढुक्क भएर उमेर पुगेका नेताहरूलाई रिटायर हुन् आग्रह गरे ।

‘तपाईंहरू सभापति भइसक्नु भो, वरिष्ठ नेता भइसक्नु भयो र देशसमेत हाँकिसक्नु भएको छ,’ उनले भने, ‘अब आराम गर्नुस्, हामीले पनि पार्टी राम्रोसँग चलाउने छौं ।’

यस्तै, सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता बद्री पाण्डेले लोकतन्त्र पार्टी भित्र पनि जरुरी रहेकोमा जोड दिए । ‘अब आन्तरिक लोकतन्त्रलाई पनि मजबुत गर्नु पर्ने दायित्व बढेको छ,’ उनले भने, ‘अब वैचारिक बहसले पार्टीलाई अगाडी बढाउनु पर्छ । नत्र हामीले जनताको विश्वास गुमाउन सक्छौं ।’

उनले युवाहरूको उपस्थिति १४औं महाधिवेशनमा राम्रो देखिँदै गरेको बताए । ‘हामी कहाँ बाहिरी पार्टीबाट आएर भाँडभैलो गरेको जस्तो पनि देखिएको छ, त्यस्तो हामी कदापि हुन् दिने छैनौं,’ उनले भने ।

नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति तथा क्षेत्र नम्बर ३ का युवा नेता विनोदकुमार खनालको नेतृत्वमा भएको कार्यक्रममा चार सय बढीले पार्टी प्रवेश गरेको जनाइएको छ । ‘यहाँ कांग्रेस बढ्नुमा विकास र विश्वास प्रमुख कारक रहेको छ’, नेता खनालले भने, ‘हामी विकासमार्फत तपाइको मत जित्छौं । तपाईं हामीलाई ढुक्क भएर विश्वास गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : १३ बजे

३६ वर्षदेखि खुसी पर्खिएका नेदरल्यान्ड्स समर्थक

फ्रान्स र नेदरल्यान्ड्स युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरिसकेका छन्।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण बागलुङको ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज पनि जारी रहने छ