अब नेतृत्व युवाले लिनुपर्छ : गुरुराज घिमिरे « Khabarhub

अब नेतृत्व युवाले लिनुपर्छ : गुरुराज घिमिरे


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब कांग्रेसको नेतृत्व युवा पुस्ताले गर्नुपर्नेमा जोड दिएका छन् । सर्लाहीको जानकीनगर वडा नम्बर १ स्थित चौरमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अब बुढो पुस्ताले अभिभावकत्व ग्रहण गर्ने बेला आएको बताए ।

‘जसरी पेले दर्शक छन्, सल्लाहकार छन् तर खेलाडी भने नेइमार छन् अब हाम्रो पार्टीमा पनि त्यस्तै हुनुपर्छ,’ उनले भने, ‘अब हाम्रो पुस्ताले राजनीति गर्ने हो र हाम्रो अग्रजले सल्लाहकारको भूमिका निर्वाह गर्ने हो ।’ उनले अब ढुक्क भएर उमेर पुगेका नेताहरूलाई रिटायर हुन् आग्रह गरे ।

‘तपाईंहरू सभापति भइसक्नु भो, वरिष्ठ नेता भइसक्नु भयो र देशसमेत हाँकिसक्नु भएको छ,’ उनले भने, ‘अब आराम गर्नुस्, हामीले पनि पार्टी राम्रोसँग चलाउने छौं ।’

यस्तै, सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता बद्री पाण्डेले लोकतन्त्र पार्टी भित्र पनि जरुरी रहेकोमा जोड दिए । ‘अब आन्तरिक लोकतन्त्रलाई पनि मजबुत गर्नु पर्ने दायित्व बढेको छ,’ उनले भने, ‘अब वैचारिक बहसले पार्टीलाई अगाडी बढाउनु पर्छ । नत्र हामीले जनताको विश्वास गुमाउन सक्छौं ।’

उनले युवाहरूको उपस्थिति १४औं महाधिवेशनमा राम्रो देखिँदै गरेको बताए । ‘हामी कहाँ बाहिरी पार्टीबाट आएर भाँडभैलो गरेको जस्तो पनि देखिएको छ, त्यस्तो हामी कदापि हुन् दिने छैनौं,’ उनले भने ।

नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति तथा क्षेत्र नम्बर ३ का युवा नेता विनोदकुमार खनालको नेतृत्वमा भएको कार्यक्रममा चार सय बढीले पार्टी प्रवेश गरेको जनाइएको छ । ‘यहाँ कांग्रेस बढ्नुमा विकास र विश्वास प्रमुख कारक रहेको छ’, नेता खनालले भने, ‘हामी विकासमार्फत तपाइको मत जित्छौं । तपाईं हामीलाई ढुक्क भएर विश्वास गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : १३ बजे

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत