कांग्रेस खोटाङको मतगणना स्थगित « Khabarhub

कांग्रेस खोटाङको मतगणना स्थगित


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो ।

जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो ।

मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन दर्ता गराएको छ ।

१ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेदवार विष्णुकुमार राईले ८० मतले अग्रता लिएका थिए । पौडेल निकट राईले ५७१ मत पाउँदा देउवा निकट सर्वधनले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ३० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना